Croatia is located in Central and Southeast Europe. It borders Hungary to the northeast, Serbia to the east, Bosnia and Herzegovina and Montenegro to the southeast, and Slovenia to the northwest.

FACTS ABOUT CROATIA

  • Country: Croatia, Republic of Croatia
  • Area: 56,594 km2
  • Population: 4,058,165
  • Capital: Zagreb
  • Official language: Croatian
  • GDP: $63.172 billion
  • Per capita income: $15,646
  • HDI: 0.837 (46th in world)
  • Currency: Kuna
  • Calling code: +385
  • Unemployment rate: 7.11%

कामका लागि क्रोएशिया किन छनौट गर्ने?

१. क्रोएशिया एक युरोपियन देश हो र यो युरोपियन युनियनको सदस्य पनि हो।

२. यो देश शेन्जेन देशको सुचीमा नपरे पनि यसको बोर्डर हंगेरी (Hungary) र स्लोभेनिया (Slovenia) जस्ता शेन्जेन देशहरूसँग  जोडीएको कारण प्रायः आवेदकहरू क्रोएशियाका लागि आवेदन दिन इच्छुक हुन्छन्।

३. युरोपेली देशहरूको तुलनामा यस देशमा बाँच्ने लागत कम लाग्छ। यदि तपाई काम भिसाका लागि आवेदन दिदै हुनुहुन्छ भने केही कम्पनीले कम्पनीको नियम अनुसार नि: शुल्क खाना र आवासको व्यवस्ठा पनि गर्दछ।

४. क्रोएशियाको आधारभूत तलब ५४० युरो हो जुन केही यूरोपीय देशको तुलनामा सन्तोषजनक नै मानिन्छ।

५. यो देश संसारमा बस्नको लागि ३६ औं उत्तम देशको रुपमा मानिन्छ।

६. यो देश बस्नको लागि सुरक्षित छ किनकि अपराध दर एकदम कम छ।

७.  अहिले Schengen देशको भिसा नदिएको बेलामा यस देशको भिसा पाउने सम्भावना धेरै नै माथि छ।

८. भिसा प्रक्रियाको लागि  भारत जान आवश्यक छैन। क्रोएशियाको दूतावास नेपालमा नभए पनि VFS ले मध्यस्थकर्ताको रूपमा काम गर्दछ र यसले नै तपाईको कागजातहरू नेपालबाट भारत र भारतबाट नेपालसम्म ल्याईदिन्छ|

भिसा प्रक्रियाको बारेमा कुरा गर्दा जनशक्तिको माग (Demand Letter) पछि तपाईको कागजातहरू जस्तै पासपोर्ट (Passport), एमआरपी आकारको फोटो (MRP Photo), सीभी (CV) र शैक्षिक प्रमाणपत्र कम्पनीलाई ई-मेल मार्फत पठाइनेछ। त्यस पछि कम्पनीले तपाईको नामको कार्य अनुमति (Work Permit) जारी गर्नेछ। अनि तपाईले भिसा दर्ता गर्नको लागि VFS ग्लोबल, ठमेल, काठमाडौंमा जानुपर्छ। त्यसको करिब १५ दिन पछि तपाईलाई ईमेलबाट आफ्नो कागजातहरु संकलनको लागि मेल आउछ र तपाई सोहि VFS ग्लोबलमा गई संकलन गर्न सक्नुहुन्छ।  समग्रमा यो प्रक्रिया पूरा गर्न ३ देखि ४ महिना लाग्न सक्दछ।

भिसा प्रशोधनका लागि आवश्यक कागजातहरू (VFS ग्लोबल वेबसाइट अनुसार)  

१. आवेदन फारम (Application Form)

२. एमआरपी आकार फोटो (MRP Size Photo)

३. पासपोर्ट(Passport)

४. यात्रा मेडिकल बीमा (९० वा  सो दिन भन्दा अधिक) (Travel Medical Insurance)

५. टिकट आरक्षण (Ticket Reservation)

भिसा शुल्क- ६० युरो। 

तपाईले ९१ दिनको लागि भिसा प्राप्त गर्नुहुनेछ। यस COVID को कारणले उडान प्रतिबन्धलाई ध्यानमा राखेर दूतावासले १.५ देखि २ वर्ष सम्मको भिसा वैधता प्रदान गर्दै आएको छ।

 

Comments

Leave a Comment

Your email address will not be published.