हरेक सिक्काका दुई पाटा हुन्छन्। त्यस्तै वैदेशिक रोजगारीका पनि दुबै फाइदा र बेफाइदाहरू छन्। तल केहि वैदेशिक रोजगारीको केहि बेफाइदाहरू निम्न्लिखित छन्ः

 वैदेशिक रोजगारीका बेफाइदाहरू:

- छोटो समयमा विभिन्न भाषाहरू सिक्न कहिलेकाँही गाह्रो हुन्छ।

- विदेशमा यात्रा गर्दा र त्यहाँ सर्दै गर्दा धेरै पैसा खर्च हुन्छ।

- अन्य संस्कृति र परम्परासँग घुलमिल समय लाग्छ।

- एक्लै हुदा एक्लोपन र घरको अभाभ महसुस हुन्छ।

- तोकिए बमोजिम एकले निम्न तहको रोजगार पाउने सम्भावना हुन सक्दछ।

- बिभिन्न देशहरुमा उपलब्ध खानाको प्रकार भिन्न भिन्न हुन्छन्। सबैलाई ती देशहरूको खानाको स्वाद मन नपर्न सक्छ।

- विदेश जानको कागजात बनाउनको लागि समये पनि धेरै र चिन्ताजनक प्रक्रिया हुनसक्दछ।

- यता आफ्नो घरमा चाड-पर्वहरू पर्दा वा पारिवारिक कार्यक्रममा भाग लिन नपाउदा मन खिन्न र नरमाईलो हुन्छ।

- नयाँ ठाउँ र नयाँ परिबेश्मा आउदा असभ्य र स्वार्थी मानिसहरुलाई भेट्न सकिने सम्भावना हुन्छ।

- एक व्यक्तिले विदेशमा रोजगार पाउन वा आफ्नो रूचि पोष्ट पाउन सक्दछ।

- प्रत्येक देशका आ-आफ्नो कानून र मान्यताहरू हुन्छन् र विदेशमा काम गर्ने क्रममा यी चीजहरूका बारे सचेत हुनै पर्छ।

- नेपालमा भन्दा विदेशमा करहरू प्राय:  बढी तिर्नु पर्ने हुन्छ।

- अरुको देशमा आफ्नो देशमा जस्तो सुरक्षित महसुस नहुन सक्छ र परिवार र साथीहरूको अनुपस्थितिको कारण कमजोर महसुस हुन सक्छ।

- प्रत्येक देशमा बस्ने बसोबास्को अवस्था राम्रो हुँदैन। तपाईले सुरु सुरुमा धेरै समायोजित गर्न आवश्यक पर्दछ।

Comments

Leave a Comment

Your email address will not be published.